जितिया मेलाका लागि हर्न जोड्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक युवकको मृत्यु
टुडेपाटी-
सप्तरी, असोज ११ गते ।
सप्तरीमा हर्न जोड्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका-२ बेल्हाका २२ वर्षीय दिपेन्द्र मण्डल रहेका छन् ।
जितिया मेलाका लागि लाउडस्पिकर (हर्न) जोड्ने क्रममा करेन्ट लागेर मण्डलको मृत्यु भएको वडाध्यक्ष रामअबतार साहले जानकारी दिए ।
करेन्ट लागेर सिकिस्त भएका मण्डललाई उपचारका लागि सिरहाको लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको साहले बताए ।
Sponsored