बारामा ‘लकडाउन’ उल्लंघन गर्ने १४ जना प्रहरीको फन्दामा
टुडेपाटी-
वीरगञ्ज, चैत १५ गते ।
बारामा लकडाउनको उल्लंघन गर्ने १४ जना पक्राउ परेका छन् ।
कारोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गरेर घरबाहिर हिडडुल गरेकोले उनीहरुलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएकोमा संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार जरिवाना गरी छाडिएको मिश्रले जानकारी दिए ।
Sponsored