वीरगञ्जको निर्माणाधीन स्टिल उद्योगमा भट्टी पड्किँदा ११ कर्मचारी घाइते, ७ जनाको अवस्था गम्भीर
टुडेपाटी-
वीरगञ्ज, भदौ १० गते ।
वीरगञ्जमा निर्माणाधीन अवस्थामा रहेको सर्वोत्तम स्टील उद्योगमा भट्टी पड्केर विस्फोट हुँदा ११ जना कर्मचारी घाइते भएका छन् ।
सर्वोत्तम स्टीलमा आगलागीमा परेर उद्योगमा कार्यरत ११ जना कर्मचारी घाइते भएका छन् आधा दर्जनभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका हुन् ।
बिहीबार दिउँसो वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरमा निर्माणाधीन अवस्थामा रहेको उद्योगमा रहेको फोहोर तथा कचरामा रहेको फलाम गलाउने भट्टी पड्किएर आगलगी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
आगलागीमा परेर ११ जना कामदार घाइते भएको उनले बताए । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर छ । आगलागीमा परेर घाइते भएका सबैको उपचार वीरगन्जस्थित वयोधा अस्पतालमा भइरहेको छ ।
विस्फोट भएपछि उद्योग परिसरमा सयौंको संख्यामा स्थानीयको भीड लागेको छ ।
Sponsored