छोरी जन्मेलगतै घाँटी थिचेर हत्या, आमासहित चारजना पक्राउ
टुडेपाटी-
मोरङ, असार ३० गते ।
मोरङमा नवजात शिशुको हत्या घरपरिवारबाटै भएको खुलासा भएको छ ।
जेठ २७ गते मोरङको रंगेली नगरपालिका ५ आँपगाछीकी २५ वर्षीया खुस्वु मण्डलले छोरी जन्माएकी थिइन्।
जन्मेको केहिसमयपछि आमा खुस्वुले शिशुलाई ब्ल्याङकेटले घाँटी थिची हत्या गरेको र बुबा २८ वर्षीय अरुण मण्डललले रंगेली ५ स्थित चाँदनी चोकमा सञ्चालन गरेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ ।
शिशुलाई हत्या गरेको अभियोगमा आमा खुस्वु, बुबा अरुणसहित परिवारका चार सदस्यलाई पक्राउ गरेको छ । अन्य पक्राउ पर्नेमा, हजुरबुबा ५० वर्षीय नागेश्वर मण्डल, हजुर आमा ४८ वर्षीया उर्मिला मण्डल रहेको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध कर्तब्य ज्यानको मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Sponsored