TodayPati

सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर फेरि एक बालकको ज्यान गयो

टुडेपाटी-
सर्लाही, असार १० गते ।

सर्लाहीमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा दाजुभाइको डुबेर मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

पछिल्लो पटक काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्सको मृत्यु भएको हो ।

Sponsored

सर्लाहीको बागमती नगरपालिका–६ पर्ता टोलस्थित मामा चन्द्रबहादुर तामाङको घरमा बस्दै आएका एलेक्स मामा घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेका थिए । छिमेकीले डुबेको देखेपछि निकालेर उपचारका निम्ति बरहथवा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

यसअघि बुधबार मात्रै सदरमुकाम मलंगवामा इँटा उद्योगमा खनिएको खाल्डोमा डुबेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको थियो ।

मलंगवा नगरपालिका वडा नम्बर ११ गम्हरिया निवासी सद्दाम अन्सारीका  ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *