TodayPati

सिरहामा मर्मत नगरेको भन्दै स्थानीयले सडकमै रोपे धान

टुडेपाटी-

सिरहा, असार १० गते ।

सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित विरोधस्वरूप स्थानीयवासीले सडकमै धान रोपेका छन् । वर्षातको मौसम सुरु भएसँगै हिलाम्य भई आवतजावतमा समस्या उत्पन्न भएपछि उनीहरूले सडकमै धान रोपेर विरोध जनाएका हुन् ।

Sponsored

सडक हिलाम्य भएर आवागमनमा सास्ती हुँदासमेत जनप्रतिनिधिले बाटो मर्मतमा कुनै चासो नदेखाएपछि सांकेतिक विरोधस्वरूप हिलाम्य बाटोमै धान रोपिएको स्थानीयले बताएका छन् ।

‘जनप्रतिनिधिले सडक मर्मत गरिदिएनन् । त्यसैले हामी विरोधस्वरुप धान रोपेका हौं,’ स्थानीय खगेश्वर यादवले भने । सडक मर्मतका लागि वडाध्यक्ष राजु श्रेष्ठ र मेयर हरिनारायण चौधरीलाई पटक पटक जानकारी गराउँदा समेत उनीहरुले कुनै सुनुवाइ नगरेको स्थानीय रामकुमार महतोको आरोप छ ।

करिब ४ सय मिटरको उक्त सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । तर, हालसम्म पनि काम नहुँदा खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको छ । सडक नबन्दा स्थानीय सास्ती खेप्न बाध्य बनेको उनीहरूले बताए ।

Sponsored

नगरपालिकाका जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउनका लागि आफुहरुले बाटोमै धान रोपेको उनीहरूको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *