TodayPati

प्रदेश २ : कोरोना भाइरस संक्रमणको आशंकामा तीन क्वारेन्टाइनमा, १ जना धरान रिफर

टुडेपाटी
जनकपुरधाम, चैत ११ गते ।

सप्तरीमा कोरोना भाइरसको संक्रमणको आशंकामा तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । कतारबाट आएका सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाका १, डाकनेश्वरी नगरपालिकाको पातोका १ र भारतीय क्षेत्रबाट नेपाल छिरेका १ गरी तीन जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

हनुमाननगर र पातोका दुवै जनाले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चेकजाँच गराएका थिए। जसमध्ये हनुमाननगरका व्यक्तिलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।

यसैगरी, पखालाको समस्या देखिएका पातोका एक जनालाई पखाला ठीक भएपछि होम क्वारेन्टाइनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले बताए। सोमबार भारतीय नाका कुनौलीबाट नेपाल प्रवेश गरेका एक व्यक्तिलाई तिलाठी कोईलाडी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको यादवले जानकारी दिए।

Sponsored

यसैगरी, गत चैत ८ गते कतारबाट नेपाल आएका सुरुङ्गा नगरपालिका -८ का एक युवकलाई रुघाखोकी र लगातार ज्वरो आएपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। २७ वर्षीय ती युवकले केही दिनअघि स्थानीय स्वास्थ्य केन्द्रमा जाँच गराएका थिए। उनमा ज्वरो र रुघाखोकी नरोकिएपछि उपचारमा पठाइएको बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *