TodayPati

सप्तरीमा पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

टुडेपाटी-
सप्तरी, असार १ गते ।

सप्तरीमा पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।

महादेवा गाउँपालिका–२ बस्ने अनिल मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् । डलबा चिप्लिएर पोखरीमा डुब्दा बेहोस भएकी बालिकालाई तत्काल उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिर ।

मृतक बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अस्पतालमा पोष्टमार्टम भएको छ । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *