प्रदेश २ : दलित युवतीलाई विवाहको प्रलोभनमा पारी अलपत्र छोड्ने युवक प्रहरीको फन्दामा
टुडेपाटी-
सर्लाही, जेठ २० गते ।
सर्लाहीमा दलित युवतीलाई विवाहको प्रलोभनमा पारी अलपत्र बनाउने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादव छन् ।
किशोरीको जाहेरीका आधारमा प्रहरीले युवकलाई पक्राउ गरी कारबाही प्रक्रियासमेत अघि बढाइसकेको छ ।
किशोरीले अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएको जिल्लाका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । कुँवरले अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रियाअघि बढाइएको बताए ।
जाहेरी परेलगत्तै पीडक पक्षबाट आर्थिक प्रलोभनसहित धम्कीसमेत आउन थालेको पीडित परिवारको गुनासो छ । प्रहरी र अधिकारकर्मी मिलेर किशोरीको उद्धार गरी सदरमुकाम मलंगवास्थित सेफ हाउसमा राखिएको अधिकारकर्मी बनिता कार्कीले जानकारी दिइन् ।
Sponsored