सर्लाहीमा इँटा उद्योगको खाल्डोमा डुबेर १० वर्षे बालकको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।
सर्लाहीमा इँटा उद्योगको चिम्नीका लागि खनिएको खाल्डोमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।
कविलासी नगरपालिका-५ रनिया बस्ने मनोज मण्डलका १० वर्षीय छोरा रजनिश मण्डलको मृत्यु भएको हो ।
नगरपालिकाको वडा नम्बर ७ स्थित लालबाबु रायको इँटा उद्योगको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा बालक डुबेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए । बाख्रा चराउन गएको बेला बालक खाल्डोमा जमेको पानीमा नुहाउन जाँदा डुबेको उनले बताए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Sponsored