TodayPati

बारामा हत्या गरिएको दाजुभाइको परिवारलाई राहत सामग्री हस्तान्तरण

टुडेपाटी-

जनकपुरधाम, जेठ ९ गते ।

बारामा हत्या गरिएको अवस्थामा भेटिएका दाजुभाइको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–७ रंगपुरका ९ वर्षीय अमिन र ७ वर्षीय उसमान अंसारीको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । उनीहरू दुबै सहोदर दाजुभाइ हुन् ।

Sponsored

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले संरक्षण नेपालसँगको सहकार्यमा सञ्चालन गरेको बाल हेल्पलाइन नं. १०९८ नेपाल बाराले अन्सारी परिवारलाई राहत सहयोग गरेको छ ।

अन्सारी परिवारलाई चामल २ बोरा, आलु ५ किलो, प्याज ५ किलो, दाल ३ किलो, सोयाबिन १ किलो, नुन ५ प्याकेट, तेल, मसला लगायतका सामग्री हस्तान्तरण गरिएको संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुशवाहाले जानकारी दिए ।

जेठ ४ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा दुबै बालकको शव भेटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Sponsored

रोजगारीका लागि विदेश गएका उनीहरुका बुवा अब्दुल गफार अंसारी अहिले पनि उतै छन् । घरमा आमासँगै १२ र ५ वर्षीय २ जना छोरी र हजुरआमा छन् । परिवारको आर्थिक अवस्था एकदमै कमजोर छ ।

बाल हेल्पलाइनले बालबालिकाहरुको हकहित संरक्षण प्रवर्द्धन गर्दै आइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *