TodayPati

बारामा खेल्न निस्केका दुईबालकको घाँटी रेटेर हत्या, मदरसामा भेटियो शव

टुडपाटी-
बारा, जेठ ४ गते ।

बारामा खेल्न निस्केका दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ ।

कलैया उपमहानगरपालिका– ७ सरंगापुर बस्ने अब्दुल गफार अंशारीका छोरा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको घाँटी रेटेर विभत्स हत्या भएको छ ।

Sponsored

सोमबार साँझ ७ बजे खेल्न निस्केका दुबै बालकको शव विभत्स हत्या भएको अवस्थामा स्थानीय मदरसामा मंगलबार बिहान फेला परेको हो । अबेर रातिसम्म बालक घर नफर्किदा खोजविन भएको थियो ।

खोजविनको क्रममा हत्या भएको अवस्थामा शव भेटिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

अहिले प्रहरीको टोलि घटनास्थल पुगेर घटनाको अनुसन्धान थालेको छ । प्रहरीले केहि शंकास्पद व्यक्तिहरुलाई पक्राउ समेत गरको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *