भारततर्फ अक्सिजन सिलिण्डर तस्करी गर्ने महोत्तरीबाट ३ जना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, वैशाख २१ गते ।
भारततर्फ अक्सिजनको सिलिण्डर तस्करी गरेको आरोपमा महोत्तरीबाट तीन जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ बस्ने ३६ वर्षीय जमरुदिन राईन, वडा नम्बर २ बस्ने ५० बर्षीय दिनेशकुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका ६ बस्ने विपीन चौधरी छन् ।
मंगलबार प्र २–०२–००१ च ०३१७ नम्बरको गाडीमा ७÷७ किलोको २ थान भरिएको अक्सिजन सिलिण्डर लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीबाट उनीहरुलाई पक्राउ गरेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
सोमबार राति ८ बजेतिर भारततर्फ लग्ने क्रममा उनीहरुलाई अक्सिजनको सिलिण्डरसहित नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, जलेश्वर नगरपालिका–३ पश्चिोम मलिवाराबाट ३ थान भरिएको अक्सिजनको सिलिण्डर वेवारिसे अवस्थामा फेला परेको छ । प्रहरी प्रवक्ता विष्टका अनुसार नेपालबाट भारततर्फ लैजाने प्रयोजनको लागि राखिएको अक्सिजन सिलिण्डर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
Sponsored