TodayPati

धनुषामा उपचारको अभावमा मृत्यु भएका लोकबहादुरको शव सेनाले गरे व्यवस्थापन

टुडेपाटी-
जनकपुरधाम, वैशाख २१ गते ।

धनुषामा उपचारको अभावमा छट्पटिएर मृत्यु भएका ब्यक्तिको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । मंगलबार धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारको कोरोना आशंकामा मृत्यु भएको हो ।

उनको धनुषाको महेन्द्रनगरस्थित श्री श्रीनाथ गणबाट गएको सह-सेनानी शिव शरण श्रेष्ठ नेतृत्वको सेनाको टोलीले स्थानीय बिगही खोलामा शव व्यवस्थापन गरेको छ ।

Sponsored

परियारलाई सोमबार राति ८ बजे श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि जनकपुर लगिएको थियो । पहिले प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारको लागि पुग्दा बेड खाली नरहेको भन्दै फर्काइएको थियो ।

त्यहाँबाट जनकपुरको अन्य केही हस्पिटलहरुमा लगिएको थियो । कतै भर्ना नलिएपछि बाध्य भएर घर फर्किएपछि बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा मृत्यु भएको बताइएको छ ।

मृतक ती पुरुषलाई ३/४ दिनदेखि ज्वरो आइरहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *