नारायणी अस्पतालमा ९९ जना कोरोना संक्रमित थपिए
टुडेपाटी-
वीरगञ्ज, वैशाख १३ गते ।
वीरगञ्जको नारायणी अस्पतालमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा १० वर्षका बालकदेखि लिएर ७२ वर्षका बृद्धसम्म रहेका छन् । नयाँ थपिएका संक्रमितमध्ये ६५ पुरुष र ३४ जना महिला छन् ।
आइतबार १ सय ४० जनाको स्वाब परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
संक्रमण देखिएका मध्ये सबैभन्दा बढी संक्रमित पर्सा जिल्लाका रहेका छन् । पर्सामा ८६ जनामा संक्रमण देखिएको छ ।
यस्तै बाराका १० जना, रौतहटका २, र सर्लाहीका एक जनामा संक्रमण पुष्टि भएको डाक्टर दासले बताए ।