महोत्तरीमा करेन्ट लाग्दा १ र ३ वर्षका बालबालिकासहित ५ जना घाइते
टुडेपाटी-
जनकपुरधाम, वैशाख १२ गते ।
महोत्तरीको भंगहा नगरपालिका ७ गोरहन्नामा करेन्ट लागेर १ र ३ वर्षका बालबालिकासहित ५ जना घाइते भएका छन् ।
शनिबार दिउँसोको गोरहन्ना बजार स्थित बिजुलीको नाँया पोलमा तार टाङ्ने क्रममा पहिलै देखिनै घरको मिटर बक्समा जोडिराखेको बिजुलीकै केबुल तारमा घस्रीई उक्त केबुलको तार बाट नाँया जडित नाङ्गो तारसंग सर्ट भई करेन्ट प्रवाह भएको थियो ।
करेन्ट प्रवाह हुँदा सो तार छुने क्रममा स्थानीय २२ वर्षीया जितु देवि साह, वर्ष ५० की शिवो देवी पासवान, वर्ष १६ कि रवि पासवान छन् ।
यस्तै स्थानीय लखेन्द्र पासवानकी ३ वर्षीया छोरी नन्दनी पासवान र १ वर्षका छोरा बिराज पासवान समेत समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार जितु देवि साह र शिवो देवी पासवानको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको र अन्य समान्य घाइतेहरू उपचार पश्चात् डिस्चार्ज भएका छन् ।
Sponsored
सो घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।