सप्तरी : आगलागीबाट २ बिघामा लगाइएको गहुँ जल्यो
टुडेपाटी-
सप्तरी, चैत २३ गते ।
सप्तरीमा आगलागी हुँदा करिब ६ लाख मूल्य बराबरको क्षति भएको छ । सप्तरीको तिलाठी कोइलारी गाउँपालिका ६ मा आइतबार राति आगलागी हुँदा उक्त क्षति भएको हो ।
स्थानीय सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।
कुन कारणले कसरी आगलागी भएको खुल्न नसकेको बताइएको छ । सो घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसमान गरी करिब ६ लाख बराबरको समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो स्थानीयवासी, प्रहरी र हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रमा लिएको थियो ।
यस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घर अगाडि जम्मा गरिएको गहुँ बाली जलेर नष्ट भएको छ । करिब दुई बिघा जमिनमा लगाइएको गहुँ बाली नष्ट भएको स्थानीयवासी शैलेश यादवले बताए ।
Sponsored