लहान यातायातबाट २ जना दलाल गिरफ्तार
टुडेपाटी-
सिरहा, चैत ४ गते ।
यातायात व्यवस्था कार्यालय लहानबाट दुईजना बिचौलिया पक्राउ परेका छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल नेतृत्वको टोलीले अनुगमनको क्रममा दुई विचौलियालाई पक्राउ गरेको हो । सहज रुपमा काम गराइदिने बहानामा सेवाग्राहीबाट अतिरिक्त रकम लिएपछि दुबैजनालाई पक्राउ गरिएको छ ।
पक्राउ परेका बिचोलियाको पहिचान प्रशासनले सार्वजनिक गरेको छैन् । तर उनीहरुमाथि कारबाही गरिने प्रजिअ कणेलले बताए । कर्मचारी वा अन्य व्यक्ति बढी रकम मागेमा जानकारी गराउन प्रजिअ कणेलले सेवाग्राहीसंग आग्रह गरेका छन् ।