सिरहा : नारी दिवसमा जसपा नेतृ यादवले महिलालाई बाँडिन कम्बल र स्यानेटरी प्याड
टुडेपाटी-
सिरहा, फागुन २४ गते ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जसपा नेतृ रेणु यादवले महिलाहरुलाई कम्बल र स्यानेटरी प्याड वितरण गरेकी छिन् ।
जसपा प्रदेश २ की कोषाध्यक्षसमेत रहेकी नेतृ यादवले कर्जन्हा नगरपालिका-११ स्थित आफ्नै निवास हटलेटबामा महिलाहरुलाई कम्बल र स्यानेटरी प्याड वितरण गरेकी हुन् ।
कर्जन्हाका ११ वटै वडाबाट कार्यक्रममा सहभागी जम्मा १ सय ११ जना महिलाहरुलाई १-१ थान कम्बल र १(१ थान स्यानेटरी प्याड वितरण गरिएको नेतृ यादवले जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाहरु स्वयं सक्रिय भए मात्र महिलाहरुमाथिको दमन अन्त्य हुने बताइन् ।
Sponsored
छोरा र छोरीमा कुनै पनि भेदभाव नगरी समान रुपले पालन पोषण, शिक्षा र संस्कार प्रदान गर्न उनले सबैलाई आग्रह पनि गरिन् ।
बालविवाहले महिलारु उच्च शिक्षा हाशिल गर्नबाट बञ्चित भई गृहस्थी जीवन यापन गर्न मजबुर हुनुपरेको भन्दै बालबिवाह अन्त्य गर्नुपर्नेमा उनको जोड छ ।
छोरी सरह बुहारीलाई पनि माया गर्नुपर्ने र छोरीलाई पनि सासुलाई सम्मान गर्ने संस्कार दिए मात्र सभ्य समाजको निर्माण हुने उनको धारणा छ ।
दाइजो प्रथालाई जरैदेखि अन्त्य गर्न पनि सबैले आ-आफ्नो ठाँउबाट इमानदारिपूर्वक कदम उठाए एक असल, सभ्य, शान्त र विसकसित समाजको परिकल्पना पूरा हुने उनले बताइन् ।
नेतृ यादवले महिलाहरुका लागि प्रदेश स्तरीय छात्रावास सहितको विश्वविद्यालय सिरहा जिल्लामा स्थापनका लागि आफू विशेष पहल गरिरहेको पनि जनाइन् ।
कार्यक्रममा नेतृ यादवसहित कर्जन्हाका जसपाका नगरध्यक्ष केशव प्रसाद साह, कर्जन्हा ४ का वडाध्यक्ष टेक बहादुर सिंगर, युवानेता प्रेम किशोर साह, प्रकाश श्रेष्ठ, जित नारायण यादव, शम्भु ब्यार, कलाकार लाल किशोर यादवसहित नगरका बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थिति थियो ।