TodayPati

धनुषामा ७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध प्रहरीको फन्दामा

टुडेपाटी-

जनकपुरधाम, फागुन २५ गते ।

धनुषामा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।

Sponsored

मिथिला नगरपालिकामा बालिका बलात्कार गरेको आरोपमा छिमेकी ६५ वर्षीय कुमारबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रका अनुसार आइतबार दिउँसो कुखुरा फर्ममा बालिकालाई बोलाएर ती बृद्धले जबरजस्ती करणी गरेका थिए ।

मगरलाई इलाका प्रहरी कार्यालय ढल्केबरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

Sponsored

सोमबार सार्वजनिक बिदा भएकोले मंगलबार जिल्ला अदालतमाबाट म्याद थप हुने उनले बताए ।

पीडित बालिकाको प्रदेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले जनाए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *