TodayPati

नारी दिवसको अवसरमा जनकपुरमा मिथिला आर्ट र हस्तकला प्रतियोगिता सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, फागुन २४ गते ।

जनकपुरमा १११औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा मिथिला हस्तकक्षा प्रतियोगिताको सम्पन्न भएको छ ।

युएनडिपीको आयोजना तथा आफन्त नेपालको सहकार्यमा जनकपुरमा आयोजित मिथिला आर्टसम्बन्धि हस्तकला प्रतियोगितामा संकट मोचन माध्यमिक विद्यालयकी छात्रा डोली गुप्ता प्रथम भएकी छन् ।

Sponsored

यस्तै सोही विद्यालयकी छात्रा अपराजित झा द्धितीय र कन्या माध्यमिक विद्यालयका शलोनी महासेठ तृतीय भएकी छन् ।

प्रतियोगितामामा उत्कृष्ट भएकाहरुलाई आयोजक युएनडिपीले क्रमशः ५ हजार, ४ हजार र ३ हजारको दरले नगद र सम्मानपत्र प्रदान गरेको छ । अन्य सहभागिहरुलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५ सय र सम्मान पत्रले सम्मान गरेको आफन्त नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डलले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा विभिन्न विद्यालयका ३२ जना छात्राको सहभागिता रहेको थियो ।
यस्तै सोहि अवसरमा मिथिला आर्टले सजाइएको एक झोलाको समेत प्रदर्शनी गरिएको छ । प्रतियोगितामा रंजिता मण्डल प्रथम, किरण द्धितीय र सुशिला देवी तृतीय स्थान हासिल गरेकी छिन् ।

Sponsored

उत्कृष्ट हुने सहभागिहरुलाई आफन्त नेपालको तर्फबाट क्रमशः नगद ५ हजार ४ हजार र ३ हजारको साथै सम्मानपत्रका साथ सम्मान गरिएको निर्णायक मण्डलले जनाएको छ ।

आफन्त नेपालका मिथिला हस्तकलाका वरिष्ठ प्रशिक्षक निर्मला झाको अध्यक्षता तथा नेकपाका प्रदेशसभा सांसद मंन्जु यादवको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रामअशिष यादव, प्रदेश २ का निति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, युएनडिपीका प्रदेश २ संयोजक धनबहादुर चन्द्र, युएनडिपीका प्रदेश २ परियोजना संयोजक अर्जुन कुशवाहा, आफन्त नेपालका उपाध्यक्ष प्रदिप यादवलगायतको उपस्थिती रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *