TodayPati

दशरथ युवा कमिटीले जनकपुरमा महाशिवरात्री भव्य रुपमा मनाउने

टुडेपाटी-
जनकपुरधाम, फागुन २४ गते ।

जनकपुर स्थित दशरथ युवा कमिटीले महाशिवरात्री पर्व धुमधामकासित मनाउने निर्णय गरेको छ । जनकपुरधाम उपमहानगरपालिका –८ स्थित सन्त तुलसी दास पार्कमा यसवर्ष महा शिवरात्री भव्यरुपमा मनाउने आयोजक क्लवले जनाएको छ ।

तीन दीवसीय रुपमा भव्यताका साथ महाशिवरात्री मनाउने क्लवका अध्यक्ष लवकुमार झाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

Sponsored

२०६६ सालदेखि प्रत्येक वर्ष मनाउँदै क्लवले महाशिवरात्री पर्व मनाउँदै आएको छ । अध्यक्ष झाले फागुन २५ गते मंगलबार बिहान ७ बजेदेखि बृहत सरसफाइ, फागुन २७ गते बिहिबार बिहान ८ बजे दशरथ तलाउको डिलमा बृक्षारोपन, सोही दिन बिहान १० बजे कलश यात्रा, दिउँसो २ बजे प्रसाद वित्तरण, सन्ध्या ६ बजे ५ हजार १ सय दीप प्रज्वलन र राती ८ बजेदेखि पूजा सुरु हुने जानकारी दिए ।

शिव मन्दिरबाट सुरु हुने कलश यात्रा गंगासागरबाट जल लिएर पुनः सन्त तुलसिदास पार्कमा आउने उनले बताए । कलश यात्रामा १५१ जनाको सहभागिता रहने बताइएको छ । त्यस्तै फागुन २८ गते शुक्रबार बिहान १० बजेदेखि विशेष प्रसाद वित्तरण र ४ बजे मूर्ति विसर्जन गरिने उनले बताए । महाशिवरात्रीको अवसरमा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ । पूजामा करिव ३ लाखसम्म खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

अध्यक्ष झाले महाशिवरात्री महोत्सवको शुभ अवसरमा पूर्ववत पार्थिव मूर्ति पूजन भव्यताका साथ आयोजना हुन गईरहेकोले सम्पूर्ण जनकपुरधामवासीलाई पूजामा स–परिवार सहभागी भईदिन आग्रह समेत गरेका छन् । उनले ओझेलमा परेको दशरथ तलाउको सौन्दर्यीकरण र चौतर्फी विकासका लागि यस कमिटीले निरन्तर प्रयास गरिरहेको र यस कार्यलाई निरन्तरता दिने बताए ।

Sponsored

पत्रकार सम्मेलनमा कमिटीका अध्यक्ष लव कुमार झा, संस्थापक अध्यक्ष नरेन्द्र लाल कर्ण, संस्थापक कोषाध्यक्ष जितेन्द्र साह ९भुल्ला०, वर्तमान कोषाध्यक्ष नविन कुमार झा, मूल पूजा संयोजक धर्मेन्द्र रौनियार, दीप प्रज्वलन संयोजक जोगी प्रसाद साह, सरसफाइ संयोजक दिपक कुमार रायलगायतकाहरुको उपस्थिती रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *