विदेह नगरपालिकामा प्रहरीले गरे पाँचसय लिटर घरेलु मदिरा नष्ट, भाडाकुडा नियन्त्रणमा
टुडेपाटी-
जनकपुरधाम, फागुन ११ गते ।
धनुषाको विदेह नगरपालिकामा प्रहरीले पाँचसय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
प्रहरीचौकी तीनकौरियाले विदेह नगरपालिकाको विभिन्न पसल तथा भट्टीबाट नियन्त्रणमा लिएर सो परिमाणमा मदिरा नष्ट गरको हो ।
विदेह नगरपालिकाको वडा नम्बर ५ एकराही र ८ बफैमा गरि जम्म ५ जनाको घरबाट अबैध मदिरा र कच्चा मदिरा बरामद गरी नष्ट गरेको प्रहरी चौकी तिनकौरिया असई अरबिन्द सिंहले जानकारी दिए ।
उनका अनुसार मदिरा उत्पादन गर्ने कच्चापदार्थ समेत नष्ट गरिएको छ भने मदिरा बनाउने भाँडाकुडा नियन्त्रणमा लिएको छ ।
Sponsored