ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुल्यो, कोटा सिस्टम हटाइयो
टुडेपाटी-
जनकपुरधाम, माघ ८ गते ।
यातायात व्यवस्था विभागले भोलिदेखि सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन फाराम खुलाउने भएको छ । केहीदिनअघि सिस्टममा खराबी आएपछि विभागले अनलाइन फाराम बन्द गरेको थियो ।
शुक्रबारबाट फाराम भर्न सकिने विभागले जानकारी दिएको छ । अनलाइन फाराम सुचारु गरेसँगै यसअघि लगाइएको कोटा प्रणाली समेत हटाइएको छ । अब जतिसुकै सेवाग्राहीले पनि लाइसेन्सका लागि आवेदन दिन पाउने बताएको छ ।
यसअघि कोभिड-१९ को कारण देखाउँदै लाइसेन्सका लागि खुलेको आवेदनमा कोटा प्रणाली लगाइएको थियो । कोटा प्रणाली लागू गरेको भन्दै विभागको चौतर्फी आलोचना समेत भएको थियो । अनलाइन फाराम भर्दा एसएमएस सेवा भने तत्कालको लागि बन्द भएको छ ।
यो सेवा अवरूद्ध भएकाले दर्ता नम्बर सुरक्षित गरि सम्बन्धित कार्यालयसँग सम्पर्क राख्न विभागले जानकारी दिएको छ ।