TodayPati

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणकालागि मुसहर समुदायले थाले सहयोग सङ्कलन अभियान

टुडेपाटी

जनकपरधाम, माघ ४ गते ।

मुसहरको पीडामा धुर्मुस–सुन्तलीले मलम लगाए, धुर्मुस–सुन्तलीको अभियानमा मुसहरले साथ दिउँ भन्ने नारा सहित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा मुसहर समुदायबाट सहयोग सङ्कलन अभियान शुरु भएको छ ।

Sponsored

भोर, अनुसन्धानमा आधारित अभियानी तथा परोपकारी संस्थाको पहलमा मुसहर समुदायबाट सहयोग संकलन अभियान शुरु गरिएको हो ।

माघ १ गते विश्वभरका मुसहर समुदायले मनाउने भुईया महराजको पुजा अर्थात अन्तरराष्ट्रिय भुईया दिवसको दिन पारेर मुसहर समुदायका युवाहरुले गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा मुसहर समुदायबाट सहयोग संकलन अभियानको शुभारम्भ गरेको छ ।

उक्त आर्थिक सहयोग संकलन अभियान नेपालमा देश भरी तथा भारत र विदेशमा रहेका मुसहर समुदायका आम जनमानस माझ माघ महिना भरी संचालन गरिनेछ । नेपालमा ३२ जिल्लामा १२ लाख मुसहर समुदायको बसोबास रहेको छ ।

Sponsored

मोरङ्ग देखि नवलपरासी सम्म १५ जिल्लामा मुसहर समुदायको बाक्लो जनसंख्या रहेको छ । माघ महिना भरी आर्थिक सहयोग संकलन अभियान संचालन गरेर फागुन महिनामा चितवनको क्रिकेट रंगशाला निर्माण स्थलमा मुसहर समुदायका युवा र अगुवा सहितको प्रतिनिधी गएर संकलित सहयोग रकम धुर्मुस–सुन्तलीलाई हस्तान्तरण गर्ने योजना रहेको भोरको अध्यक्ष पचुलाल माझी मुसहरले जानए ।

माघ १ गते प्रदेश २ को धनुषाधाम नगरपालिका, मुगराहामा आयोजित दोश्रो अन्तरराष्ट्रिय भुंईया दिवस स्थलबाट आर्थिक सहयोग संकलन अभियान शुरु गरीएको छ ।

पहिलो दिनको उक्त स्थलबाट उपस्थित मुसहर आम जनसमुदायले ३५०० रुपैया संकलन गरेको भोरको कोषाध्यक्ष उमेश कुमार साहले जानकारी दिए । सिरहा जिल्ला निवासी राम स्वरुप माझीले ५०० रुपैया प्रदान गरी धनुषाधामबाट आर्थिक सहयोग संकलन अभियान शुरु गरेका हुन् ।

आर्थिक सहयोग संकलन अभियान मुसहर समुदायको बसोबास रहेको प्रत्येक बस्तीमा तथा विदेशमा कार्यरत मुसहर समुदाय माझ क्रमशः लगिनेछ भोरका महासचिव सरोज प्रसाद दुलालले जनाए ।

शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानका प्रादेशिक र जिल्ला संयोजकहरु र मुसहर समुदायकै अन्य संघ संस्थाको सहकार्यमा सो आर्थिक सहयोग संकलन अभियान देश भरका प्रत्येक मुसहर बस्तीमा लगिनेछ, रौतहट जिल्लाका अनुप माझीले बताए ।

चरम गरिबी, रोग, भोक, शोक, अशिक्षा र अभावमा जीवन जिउन बाध्य मुसहर समुदायबाट निकै ठुलो परिमाणमा रकम संकलन नहुनसकेपनि यसले देश विदेशका सम्पन्न र अन्य समुदाय तथा बृहत सरोकारवालाहरुलाई निकै ठुलो संदेश दिने भोरका संस्थापक तथा यस आर्थिक सहयोग संकलन अभियानको पहलकर्ता राज कुमार महतोले बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन बहुउद्देश्यीय रङ्गशाला हो । यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गर्देछ ।

फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो ।

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१५, रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा आर्थिक सहयोगको आवश्यकता रहेको बताइएको छ ।

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण नेपाल र नेपालीको गौरवको योजना रहेकोले चरम गरिबीमा रहे तापनि देशका मुसहर समुदायले आफनो योगदान दिन आवश्यक रहेको सर्लाही चन्द्रनगर गांउपालिकाका लथिहन माझीले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *