रौतहटमा कर्मचारी सहित ५ जनाले रातभर सामुहिक बलात्कार गरेको भन्दै नाटक गर्ने युवती पक्राउ
टुडेपाटी–
रौतहट, माघ ४ गते ।
आफुलाई रातभरी पाँचजनाले बलात्कार गरेको भन्दै फसाउन खोज्ने १७ वर्षीया युवीती उल्टै प्रहरीको फन्दामा परेकी छन् ।
ओखलढुंगा घर भएकी सो युवतीले पुस २८ गते रौतहटस्थित र्इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पाँच जनाले पालैपालो रातभर बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।
ओखलढुंगाबाट काठमाडौँ जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रेको र बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुर ल्याइ दुई तले घरमा बलात्कार गरेको भनी ती युवतीेले प्रहरी समक्ष बयान दिएकी थिइन् ।
त्यसपछि प्रहरी पीडकको खोजीमा लाग्यो । तर कतैबाट पनि बलात्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको युवतीलाई नै पक्राउ गरेको छ ।
Sponsored
प्रहरीले अनुसन्धानकै क्रममा झुटो बलात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि जबरजस्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रौतहटको गरुडा नगरपालिका २ घर भई काठमाडौँमा मेनपावर संचालन गरी बस्दै आएका गजेन्द्र साह कानुले गरुडाकै रामविनय साहलाई फसाउन यस्तो योजना बनाएको खुलेको हो ।
रामविनय र गौरका एक कर्मचारी सहित पाँच जनालाई फसाउने उनको योजना थियो । गजेन्द्रलाई पैसा र जागिरको लोभ दिएर ती युवीतालाई पाँचैजना युवतीलाई फसाउन खोजेका थिए ।
योजनाकै मुताबिक उनीहरु पुस २७ गते काठमाडौँबाट बाराको सिमरा आइपुगेका थिए ।
त्यहाँबाट चीनीमाया र कल्पनालाई विरगञ्जतीर लागिन् भने पीडित भनिएकी युवतीलाई साथमा लिइ गजेन्द्रले २८ गते रौतहटको चन्द्रनिगाहपुरमा छोडेका थिए ।