५० वर्षीय मुख्यमन्त्री राई माघ ११ गते २३ वर्षीया ज्याङमु शेर्पसंग विवाह गर्दै
टुडेपाटी-
बिराटनगर, माघ ३ गते ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिने भएका छन् । मिस मंगोल–२०१८ ज्याङमु शेर्पासँग मुख्यमन्त्री शेरधन राईको विवाह हुने तय भएको हो ।
५० वर्षीयमुख्यमन्त्री राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी २३ वर्षीया शेर्पासँग माघ ११ गते विवाह गर्न लागेका हुन् ।
संखुवासभा पुर्ख्यौली घर भएकी ज्याङमु काठमाडौंमा बस्दै आएकी छन् भने मुख्यमन्त्री राई भोजपुरबाट तत्कालीन नेकपा एमालेको राजनीति गर्दै आएका थिए।
२०५६ सालमा भोजपुरबाट तत्कालीन नेकपा एमालेबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा छन्। एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन्। राई ओली पक्षीय नेकपामा छन्।
Sponsored