बारामा एक ज्वाइँले ससुराली घरमा पेट्रोल छर्केर लगाए आगो
टुडेपाटी-
बारा, माघ ३ गते ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक ज्वाइँले ससुराली घरमा आगो लगाएका छन् ।
सिमरा उपमहानगरपालिका १८ परासी टोलकी कृष्णदेवी कुर्मीको फुसको घरमा उनकै बहिनी ज्वाइँले शनिबार बिहान पेट्रोल छर्केर आगो लगाएका हुन् ।
ज्वाइँ वीरगञ्ज महानगरपालिका २८ बगहीका ३३ वर्षिय धीरेन्द्र पटेलले पेट्रोल छर्केर आगो लगाएर भागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आगजनीबाट घरभित्र राखिएको २० हजार नगद तथा लत्ताकपडा, भाडाकुँडा र अन्नपात, खाद्यान्न जलेर नष्ट हुँदा करिब ५० हजार बराबरको क्षति भएको हो ।
Sponsored
स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको र घरमा आगो लगाउने पटेलको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।