महोत्तरीमा भएको चार सवारी दुर्घटनामा ६ जना घाइते
टुडेपाटी-
महोत्तरी, पुस १६ गते ।
महोत्तरीमा बिहीबार भएको चारवटा सडक दुर्घटनामा ६ जना घाइते भएका छन् । बलबा नगरालिकाक ३ परिक्रमा स्थित परौल तर्फ आउँदै गरेको प्रदेश २ (००१ प ०८०५ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको ज. ८ प ७२५९ नम्बरको मोटरसाईकल ठोक्किदा दुर्घटना भएको हो ।
बिहीबार बिहान साढे १० बजेतिर भएको दुर्घटनामा प्रदेश २ (००१ प ०८०५ नम्बरको मोटरसाईकल चालक बर्ष २८ का सिपुदिन राईन र ज. ८ प ७२५९ नम्बरको मोटरसाईकल चालक बर्ष १८ का जितेन्द्र यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यस्तै महोत्तरीको एकडारा गाउँपालिका १ बाट उत्तर तर्फ जाँदै गरेको ज. १ त ८०६८ नं. को ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश २(०२(००१ ह ०२७० नं. को अटो लाई ठक्कर दिँदा अटोमा सवार वर्ष २५ की संगीता देबी राम र उनको छोरा बर्ष १ को प्रिन्स राम घाईते भएका छन् ।
त्यस्तै बुधबार साँझ महोत्तरीको औरही नगरपालिका ८ बाट बर्दिबास तर्फ जाँदै गरेको प्रदेश ३(०२(०१४ प २५६९ नम्बरको मोटरसाईकले ठक्कर दिँदा स्थानीय राम ललित शर्माको छोरी बर्ष ६ की नेहा कुमारी शर्मा गम्भीर घाइते भएकी छन् । उपचारको लागि धरान स्थित बिपी कोइतराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लागिएको प्रहरीले जनाएको छ ।
यस्तै बर्दिबास नगरपालिका १४ शिव मन्दिर अगाडी बर्दिबास जलेश्वर सडक खण्डमा बर्दिबासबाट हात्तीलेट तर्फ जाँदै गरेको ज १२ प ८४५६ नं. को मोटरसाईकलले ठक्कर दिँदा स्थानीय राम बहादुर महतोको छोरी वर्ष ४ की श्रृष्टी महतो घाइते भएकी छन् ।
Sponsored