TodayPati

कराडौँको जग्गा किर्ते प्रकरण : मालपोत कार्यालयका निमित्त प्रमुख झासहित ५ जना जेल चलान

टुडेपाटी

पर्सा, पुस १ गते ।

करौडौँको जग्गा किर्ते प्रकरणमा पाँच जनालाई पुर्पक्षकालागि कारागार चलान गरिएको छ ।

Sponsored

वीरगञ्ज महानगरपालिका–४ स्थित होटल मकालु अगाडि सिटी स्क्यान रहेको करोडौं मूल्यको जग्गा किर्ते प्रकरणमा पर्सा जिल्ला अदालतले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।

बुधबार पर्सा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासले किर्ते गरी जग्गा नामसारी गरेको आरोपमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवलप्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् ।

लेखनदास अमर साह कानु भने १ लाख धरौटीमा रिहा भएको अदालतको श्रेस्तेदार कृष्ण अधिकारीले जानकारी दिए ।

Sponsored

गत बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साले किर्ते जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा व्यवसायी गिरधारीलाल अग्रवालसहित सात जनालाई पक्राउ गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *