TodayPati

रौतहटबाट लागुऔषध अफिमसहित २ युवक पक्राउ

टुडेपाटी-
रौतहट, कात्तिक २५ गते ।

रौतहट प्रहरीले प्रतिबन्धित लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका ७ भवराटोल बस्ने २३ वर्षीय सोमबहादुर लामा र सर्लाहीको बागमती नगरपालिका १२ बागमती बस्ने ३० वर्षीय दिलबहादुर थिङ्ग छन् ।

इर्लाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Sponsored

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसरदेखि जंगलसहिया जाने बाटोमा ना १६ प ७८२५ नं।को मोटरसाईकलमा लुकाईछुपाई ल्याइरहेको औषध अफिम १ किलो ८०० ग्रामसहित उनीहरुलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *