TodayPati

महोत्तरीका एक वडाध्यक्षका छोराको मृत्यु, कोरोनाको आशंका

टुडेपाटी-
जनकपुरधाम, भदौ १३ गते ।

कोरोना शंका गरिएका एक युवकको मृत्यु भएको छ । महोत्तरीके भंगहा नगरपालिका १ वडाध्यक्ष नवल कापरका छोरा ३० वर्षीय उमेश कापरको आज (शनिबार) बिहान मृत्यु भएको हो ।

उनको शनिबार बहिान प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको अस्पततालका निमित प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।

Sponsored

आठदिनदेखि ज्वरो रघाखोकी लागेपछि युवक घरमै उपचार गराइरहेका थिए । पछि कोरोनाको शंका लागेपछि शुक्रबार उनको स्वाब संकलन गरिएको थियो ।

शुक्रबार राति राति श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएको थियो । बिहान उनको मृत्यु भएको निमित प्रमुख डा. सिंहले बताए । उनको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *