TodayPati

शिवरात्रीको पूर्व सन्ध्यामा जलेश्वरमा निकालियो कलश शोभा यात्रा

दिपककुमार पाण्डेय
महोत्तरी, फागुन ८ गते ।

महाशिवरात्रीको पुर्वसन्धयामा बिहिबार जलेश्वरमा कलश शोभा यात्रा निकालिएको छ । परापुर्वकालदेखि जलेश्वरको जलेश्वरनाथ महादेव मन्दिरमा लाग्ने शिवरात्री मेलाको अवसरमा एकदिन पूर्व कलश सहित सोभा यात्रा गरिएको हो ।

लाखौको संख्यामा श्रद्धालुभक्तजनहरु दर्शन गर्न आउने गरेकाले विशेष रुपमा शिवरात्री मनाउन शोभायात्रा निकालिएको जनाएको छ । विश्वमै एममात्र जलगुफा भित्र शिवलिंग विराजमान रहेको र यस शिवलिंगको दर्शनले मोक्ष प्राप्ती हुने जनविश्वाससहित प्रत्येक वर्ष लाखौको संख्यामा श्रद्धालु शिवरात्रीका दिन शिवलिंगको दर्शन गर्ने गरेका छन् ।

Sponsored

प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा,जलेश्वर नगरपालिका प्रमुख रामशंकर मिश्र,उपप्रमुख मुनचुन देवि,प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री , सुरक्षा अंगका प्रमुखहरु तथा नागरिक समाज,शिवरात्री पुजा समिति,विद्यालयका वालवालिका,युवा लगायतका हजारौ को सहभागितामा शोभा यात्रा निकालिएको हो । शोभायात्रामा नेपाली सेनाको विशेष व्याण्ड समेत समावेश गरिएको थियो ।

पहिलाको बर्ष झैँ यस वर्ष समेत दर्शनार्थीको संख्या लाखौ कट्ने शिवरात्री पूजा व्यवस्थापन समितिका अध्यक्ष तथा जलेश्वर नगरपालिका वडा नं. १ का अध्यक्ष समेत रहेका अनिल झाले बताए । शिवरात्रीकै लागि साजसज्जा तथा लाम लगाउन अन्य व्यवस्थापन तथा सुरक्षा लगायतको तयारी पूरा भइसकेको अध्यक्ष झाको भनाइ छ ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख श्यामकृष्ण अधिबकारीले मेलामा सुरक्षालाई विशेष प्राथमिकता दिइएको र सादा पोशाकमैसमेत प्रहरी परिचालन हुने बताए ।

Sponsored

जलेश्वरनाथ महादेव जलभित्र विराजमान रहेको र उक्त जल कुनै पनि मेसिनरी सामानले निकाल्न नमिल्ने भएकोले नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा नागरिक समाजले समेत गुफा भित्रको जल बाल्टीले नै निकालेर शिवलिंगको दर्शन सर्वसाधारणलाई गराउने गरेका छन् ।
दर्शनार्थीले आजै मध्यरात देखि शिवलिंगको दर्शन गर्न सक्ने छन् आयोजकले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *