सिरहामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि
टुडेपाटी
जनकपुरधाम, भदौ ६ गते ।
सिरहामा थप एकजनाको कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । गएको भदौ ३ गतै मृत्यु भएका मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ देखिएको हो ।
ती पुरुषको २ भदौमा गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी रहेका स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।
उनका अनुसार स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको ३ भदौमा मृत्यु भएको थियो ।
योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
Sponsored