नेता नेपालका ७ अङ्गरक्षकलाई कोरोना संक्रमण
टुडेपाटी-
जनकपुरधाम, भदौ ६ गते ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूको मात्र कोरोना पोजिटिभ देखिएको बताए ।
बिहीबार गरिएको परीक्षणको शनिबार आएको रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिए ।
अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै उनीहरूलाई आइसोलेसनमा राखिएको स्वकीय सचिव गौतमको भनाइ छ ।
Sponsored