बाराको गढीमाई मन्दिरका महन्त धामीको निधन
टुडेपाटी-
जनकपुरधाम, भदौ ५ गते ।
बाराको प्रसिद्ध गढीमाई मन्दिरका महन्तको निधन भएको छ । बली चढाउनका लागि प्रसिद्ध बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरका महन्त रौतहटको गजरा–३ सिमरी निवासी ७६ वर्षीय दुखन धामीको मृत्यु भएको हो ।
धामीलाई दुई दिनदेखि झाडापखाला लागेर निजगढमा उपचार हुन नसकेपछि भरतपुर लिएर जाने क्रममा बाटोमै उनको मृत्यु भएको स्थानीय समाजसेवी अन्तरे लामाले जानकारी दिए । मृतक धामीको आजै सिमरी गाउँ छेउको नदी किनारमा अन्त्यष्टी गरिने समाजसेवी लामाले बताए ।
गढीमाई मन्दिर बारामा भए पनि रौतहट गुजरा–३ सिम्रीगाउँका दुखन धामीका पूर्वजहरुनै मूलपूजारी रहँदै आएको उनका परिवारजनले बताएका छन् ।