TodayPati

रौतहटको कटहरीया नगरपालिकाकी उपमेयर खातुनका २ चालकमा कोरोना संक्रमण

टुडेपाटी-
रौतहट, भदौ ५ गते ।

रौतहटको एक उपमेयरकी २ जना चालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरमा गरिएको पीसीआर परीक्षणमा बिहिवार साँझ आएको रिपोर्टमा रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनका दुुईजना चालकमा कारोना भाइरसको संक्रमण पुुष्टि भएको हो ।

कटहरिया ५ का एकजना २१ र अर्का २५ वर्षका दुुबै चालकमा कोरोना भाईरस पुुष्टि भएको बताइएको छ ।

Sponsored

कोरोना पुुष्टि भएका दुुबैजनालाई कटहरिया माविको भवनमा बनाइएको आइसोलेसनमा राखेर उपचार भइरहेको डा यशुु मल्लले जानकारी दिइन् । उनीहरुको हालसम्म कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब संकलन भएको छैन ।
उपमेयर खातुनका श्रीमान नसरुदिन अन्सारीमा दुुई साताअघि कोरोना पुुष्टि भएपछि उनको कन्ट्रयाक्ट टे«सिङका आधारमा आठ जनाको स्वाब संकलन गरेर पठाइएकोमा दुुई जनामा पोजिटिभ र एकजनाको रिपोर्ट होल्डिङमा रहेको डाक्टर मल्लले बताइन् ।

नुरजहाँ खातुन लगायत ५ जनाको पिसिआर रिपोर्ट निगेटिभ आएको छ । उनका श्रीमान संक्रमित भएको एकसाता पछिमात्र खातुन र उनी निकट मानिसले स्वाब संकलन गराएको कटहरिया नगरप्रमुख सियाराम कुशवाहाले बताए । स्वाब संकलन गराउन पटक–पटक आग्रह गर्दा सुरुमा उपमेयर खातुनले अस्वीकार गरेकी थिइन् । पछि प्रहरीको दबाबमा उनले आफ्नो स्वाव संकलन गराएकी थिइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *