जनकपुरमा बुहारीलाई मट्टितेल छर्केर हत्या गर्न खोज्ने सासु थुनामा
टुडेपाटी
जनकपुरधाम, फागुन ६ गते ।
जनकपुरमा बुहारीलाई कुटपिट गरी मट्टितेल खन्याएर हत्या गर्न खोजेकी सासुलाई थुनामा राख्न अदालतले आदेश दिएको छ । महोत्तरीको बलबा नगरपालिका–१ घर भइ जनकपुर उपमहानगरपालिका–८ बस्दै आएकी सासु रामपरी देवीलाई पुर्वपक्षकालागि पठाउन धनुषा जिल्ला अदालतले आदेश दिएको छ ।
बलबा नगरपालिका– १ घर भई हाल जनकपुर उप–महानगरपालिका–८ स्थित वस्ने सासु रामपरी देवी यादवलाई अदालते मंगलवार पुर्व पक्षकालागि सिन्धुली करागार पठाउन आदेश दिएको हो ।
गत माघ ९ गते वर्ष ३० की बुहारी सुधिरा देवी यादवलाई उनको श्रीमान दिपेन्द्र मण्डल, सासु रामपरी, भिनाजु दिनेश, नन्द अनिता समेतले कुटपिट गरी शरीरमा मटी तेल खन्याई आगो लगाउन खोज्दा छिमेकीले बचाएका थिए ।
आगो लगाउन नसकेको शरिरमा रासायनीक पदार्थ प्रयोग गरी पिडा पुर्याएको मुद्दामा उनको सासु राममरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान पुरा गरी जिल्ला अदालतमा पेश गरेका थिए ।